ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

0
Shares

राजविराज ।

सप्तरीको डाक्नेशवरी नगरपालिकामा सोमवार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत अर्नाहाबाट पत्थरगाढातर्फ गइरहेको स १ त ६१०८ नम्बरको रडलोड गरिएको ट्याक्टर अनियन्त्रित भएर वडा नम्बर ९ महुकीस्थित दुर्घटना भएको हो ।

दुर्घटनामा जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ का ३७ वर्षीय सन्तोष सदाको मृत्यु भएको छ । गम्भीर घाइते भएका सदाको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा छिन्नमस्ता गाउँपालिका–३ कै २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा गम्भीर घाइते भएका छन् । दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।