काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन् । सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ’, उनले लेखेका छन्, – ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ । संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।
— Gagan Thapa (@thapagk) February 8, 2022
प्रतिक्रिया