आजको मौसम : यी ठाउँमा छ वर्षाको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको तथा तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने भएको छ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ । त्यस्तै प्रदेश नं १ का एक दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार भने सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।