बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता शुरू

0
Shares

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारको फेसबुकबाट

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डबीच भृटवार्ता शुरू भएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता शुरू भएको हो ।

स्थानीय निर्वाचनको मिति, एमसीसी लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले प्रचण्ड र ओलीलाई बालुवाटार बोलाएका हुन् । एमसीसी अनुमोदनको विषय थप पेचिलो बन्दै जाँदा प्रधानमन्त्री देउवाले बिहान अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

भेटवार्तामा सरकारका प्रवक्ता एवं सूचना प्रविभि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेलसमेत उपस्थित छन् ।