प्रसिद्ध गायिका लता मंगेशकरका स्मणीय गीतहरु (भिडियाेसहित)


न्यज अफनेपाल, काठमाडौं ।

लता मंगेशकरको जन्म मामाघर इन्दोरमा २८ सेप्टेम्बर, १९२९ मा भएको हो । उनी प्रसिद्ध भारतिय गायिका हुन् । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका हुन् । १२ सन् १९४२ मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिउडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन् ।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गीतहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन् । उनले १९४८ देखि १९७४ सम्म तीस हजार गीतहरू रेकर्ड गराएकी थिइन् । तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएकी थिईन् । मंगेशकरले ‘मेरो प्यारो माइतीघर…’, ‘मोहनी लाग्ला है..’, ‘पहाडको माथिमाथि..’, ‘को होला मेरो..’, ‘मेरो मनको..’, ‘आज हाम्रो भेट भाको..’, ‘किन बढ्दैछ ढुकढुकी..’ जस्ता गीत गाएकी छिन् । पछिल्लो गीत गायक रामकृष्ण ढकालसँग ‘बाँचुन्जेलीलाई..’ गाएकी छिन् ।

१९४५मा उस्ताद गुलाम हैदर जसले पहिला नूरजहाँको खोज गरेका थिए आफ्नो आउने फिल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमा लिएर गए जसमा कामिनी कौशल मुख्य भूमिका निभाई रहेकी थिइन् । उनी चाहन्थे कि लता त्यस फिल्मको लागि पाश्र्वगायन गरुन् । तर गुलाम हैदरलाई निराशा हात लाग्यो । १९४७ मा वसन्त जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमा लतालाई गाउने मौका दिए । यस फिल्मको गीतबाट लताको धेरै चर्चा भयो । यस पछि मजबूर फिल्मको गीत ‘अङ्ग्रेजी छोरा चला गया’ र ‘दिल मेरा तोडा हाय मुझे कहीं का न छोडा तेरे प्यार ने’ जस्तो गीतबाट आफ्नो स्थिति सुदृढ गरिन् ।

सम्मान तथा पुरस्कारहरु

– फिल्म फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ रÞ १९९४)
– राष्ट्रिय पुरस्कार (१९७२, १९७५ रÞ १९९०)
– महाराष्ट्र सरकार पुरस्कार (१९६६ रÞ १९६७)
– १९६९ – पद्म भूषण
– १९७४ – गिनीज बुक रेकर्ड
– १९८९ – दादा साहब फाल्के पुरस्कार
– १९९३ – फिल्म फेयर -लाई फ टाइम अचीवमेन्ट पुरस्कार
– १९९६ – स्क्रीनको लागि लाई फटाइम अचीवमेंट पुरस्कार
– १९९७ – राजीव गान्धी पुरस्कार
– १९९९ – एन.टी.आर. पुरस्कार
– १९९९ – पद्म विभूषण
– १९९९ – जी सिने का का लाई फटाइम अचीवमेंट पुरस्कार
– २००० – आई. आई. ए. एफ.को लाई फटाइम अचीवमेंट पुरस्कार
– २००१ – स्टारडस्टको लाई फटाइम अचीवमेंट पुरस्कार
– २००१ – भारतको सर्वोच्च नागरिक सम्मान “भारत रत्न“
– २००१ – नूरजहाँ पुरस्कार
– २००१ – महाराष्ट्र भुषण

https://www.youtube.com/watch?v=3g2RJVjeUMw