तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


न्यूज अफ नेपाल, रुपन्देही ।

पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । गएराती पौने १२ बजे बा१९च ९१५७ नम्बरको जिपले लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।