चिसोले कठ्यांग्रिएर दुईको मृत्यु, ५५ बेपत्ता

0
Shares

जुम्ला ।

जुम्लामा चिसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका–७ बारागाउँका ४२ बर्षीय मुन रावत र तातोपानी–८ की ३७ वर्षीया देवी शाहीको कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार रावतको गोठालो गएको समयमा हिमपातमा परेर मृत्यु भएको र शाहीको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

यसैगरी तातोपानी गाउँपालिका–८ मा १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी (खिरौलो्र) टिप्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’ उनले हिउँमा फसेका मानिसहरु ऐडी ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेको हुनसक्ने अनुमान गरे ।