पुल्चोकमा अनेरास्ववियुको प्रदर्शन, सञ्चारमन्त्रीलाई कालो झण्डा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट अनेरास्ववियुले मन्त्री निवास पुल्चोकमा प्रदर्शन गरेको छ । अनेरास्ववियु उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल नेतृत्वमा रहेको समूहले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गाडीलाई अवरोध गर्दै नाराबाजीसहित कालो झण्डा देखाएका छन् ।

यस्तै आज अनेरास्ववियुले देशभर प्रदर्शन समेत गर्ने जनाएको छ । पछिल्लो समय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै प्रतिपक्षी दल एमाले आक्रामक बनेको छ ।