ललितपुरमा २० गतेबाट फाइजरको दोस्रो मात्रा शुरु हुने

0
Shares

ईश्वरराज ढकाल,  ललितपुर ।  

ललितपुर । ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले १२–१७ उमेर समूहका विद्यार्थी लक्षित फाइजर खोप अभियान २० गतेबाट शुरुगर्ने भएको छ । यसअघि २४ गतेबाट शुरुहुने भनिएको अभियान ४ दिन अघिबाटै शुरु हुन लागिएको हो ।

ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख सतिस विष्टले माइनस ६० डिग्रीको चिस्यानमा ३१ दिनसम्म मात्र राख्नुपर्ने सो खोपको चिस्यान अवधि सकिनै लागेकोले २४ गते अगावै अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘७१ हजारलाई लक्ष गरी अभियान चलाएका थियौ, ५२ हजार मात्र आएकोले चाडै खोप सक्नुपर्ने अवस्था आएको हो ।

उहाँका अनुसार फाइजर खोप २१ देखि २८ दिनभित्र लगाउन मिल्ने भएकोले केहीदिन अघि नै अभियान सञ्चालन गर्न लागिएको हो । सो को आधारमा ललितपुर महानगरपालिकाले २० र महालक्ष्मी नगरपालिकाले २१ गतेबाट दोस्रो मात्राको फाइजर खोप अभियान शुरु गर्न लागेको हो । जिल्लाले २० देखि २५ गतेसम्म अभियान सञ्चालन गर्नेछ ।

ललितपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुख महेन्द्र खत्रीले २७ गते खोप लगाएकालाई २० गतेबाट २१ दिन पुग्ने भएकोले सोही अनुसार विद्यालयलाई जानकारी गराइएको उहाँको भनाई थियो । ललितपुरले २० देखि २५ गतेसम्म विद्यालय खोल्न आग्रह गरिसकेको जनाएको छ ।