आजको मौसम : यस्तो छ पूर्वानुमान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली तथा तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार पनि प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुनसमेत महाशाखाले अनुरोध गरेको छ।