नाडालले जिते २१ औं ग्राण्डस्लाम



न्युज अफ नेपाल, काठमाडौं ।

स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् ।

छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ ९५(७० ६-४ ७-५ को जीत दर्ता गरे । यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए ।

तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे ।

प्रतिक्रिया दिनुहोस्