पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

0
Shares

पाँचथर ।

पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् ।

खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।