कारबाही अगाडि बढाइएकोमा महासंघको आपत्ति

0
Shares

काठमाडौं (नेस) ।

सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैंडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैर—कानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण कम्पनी इन्डो—सगुन जेभीबाट उक्त निर्माण कार्यका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरअन्र्तगतको उक्त आयोजनाको निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ ।

उक्त घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरी पक्राउ गर्नेलगायतका काम कारबाही तत्काल रोक्न महासंघले माग गरेको छ ।