बियर पिएको भिडियोले फुटबलर निष्कासित

0
Shares

लन्डन, (एजेन्सी) ।

सोसल मिडियामा फोटो वा भिडियो पोस्ट गर्नु पनि गलत हुन्छ भन्ने इंग्ल्यान्डको फुटबल क्लबले सावित गरिदिएको छ । केही समय अघि महिला फुटबलर मेडेलीन राइटले एउटा भिडियो पोस्ट गरेकी थिइन । उनले बीयर पिएको भिडियो पोस्ट गरेकी थिइन । मेडेलीनको उक्त भिडियोलाई आपतिजनक र अनुशासनहीन मानेर इंग्लिस फुटबल क्लब चार्लटनले उनलाई निष्कासन गरेको थियो ।

क्लबको उक्त निर्णयपछि मेडेलीनको लागि अरु क्लबका ढोका पनि बंद भयो । यस्तोमा उनले ओनली मी व्यवसायमा पाइला राखिन् । ओनली मी एक वेबसाइट हो जसमा एकाउन्ट बनाएर आफ्नो चाहेकासँग पैसा लिएर आफ्नो इच्छा पुरा गर्न सकिनेछ । मेडेलीनले यसबाट धेरै पैसा कमाएकी छन् ।

मेडेलीनले यो नयाँ एडभेन्चरबाट करोडौं रकम कमाइसकेकी छन् । उनले आफ्नो एकाउन्टको सक्सक्रिप्शन केवल २४ डलर प्रति महिना राखेकी छन् । उनी फेन्सको माँगमा बिकनी, फुटबल टप र अर्धवस्त्र लगाएको फोटो र भिडियो पोस्ट गरेर उनीहरुको मनोरञ्जन गर्छिन् । यो व्यवसायमा आएको एक वर्षपछि उनी फेरि फुटबलमा फर्कने इच्छा गरेकी छन् ।

मेडेलीनले बताइन्—मैले झुठ बोल्न सक्दिन, यसले मेरो जीवनलाई पुरै परिवर्तन गरिदियो । म आफ्नो स्थान पाउन सक्षम थिए । अब म संसारको यात्रा गर्नमा सक्षम छु र मैले धेरै अरु शानदार चीजहरुको आनन्द लिइरहेको छु । तर, अब मलाई यो चिन्ताको विषय बनेको छ कि मान्छेहरुले मेरो बारेमा कस्तो धारणा राख्नेछन् । यो निर्णयले मलाई आर्थिक रुपमा बलियो बनायो तर यसले मेरो पुरै जीवन परिवर्तन गरिदियो । मलाई कहिलेकाही पश्चाताप हुन्छ कि मैले यस्तो निर्णय किन लिए । फेरि म सोच्छु कि अर्को बाटो पनि थिएन ।