आजको मौसम : आंशिक बदली, हल्का हिमपातको सम्भावना

0
Shares

काठमाडौं ।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुसु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने भएको छ ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

सोमबार भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।