जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने गठबन्धनमा सहमति 

0
Shares

न्युज अफ नेपाल, काठमाडौं। 

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

संविधानसँग बाझिएका कानून संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको माओवादी के्रन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए ।  स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।