किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम 

0
Shares

कैलाली ।

किशोर किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी जानकारी गराइएको छ । किशोर किशोरीहरूलाई आफूमाथि हुने विभिन्न खालका हिंसा विरुद्ध आवाज उठाउन आत्मविश्वास बढाउन तथा आत्मरक्षाका केही महत्त्वपूर्ण सिप सिकाउने उद्देश्यले दुई दिन तालिम दिइएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मसुरियाको आयोजनामा यही माघ ३ र ४ गते शिवालिक आधारभूत विद्यालयमा सञ्चालन भएको तालिममा झन्डै ४० जनाको सहभागिता रहेको थियो ।

तालिमबाट किशोर किशोरीहरूले आफ्नो क्षमताको पहिचान गरी आत्मबल, आत्मविश्वास बढाएको आयोजकको विश्वास छ । आफूमा घट्न सक्ने हिंसा विरुद्ध आवाज उठाइ प्रश्न गर्न सक्छु भन्ने भावनाको विकास गराउँदै आफू सक्षम बन्ने प्रेरणा दिन र समाजमा हरेक हिंसाको अन्त्य गरी सक्षम बन्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।