सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गर्न सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले धेरै भीडभाड हुने क्षेत्रलाई माघ मसान्त सम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

सिसिएमसीले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।