सेगवे–नाइनबोटको इलेक्ट्रिक स्कुटर नेपालीबजारमा

0
Shares

काठमाडौं(नेस) ।

छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० बुधबार नेपालमा सार्वजनिक गरेको छ ।

सन् २००१ देखि यो कम्पनी दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनका लागि प्रख्यात छ । सेगवेले सन् १९९९ देखि रोवोटिक प्रविधिमा प्रवेश गरेपनि, विगतका वर्षमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ ।

सेगवे नाइनबोटको लागि नेपालमा आइहवप्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हव प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवद्र्धन गर्ने उद्देश्यले आयात गरेको बताउनुभएको छ ।

विश्वव्यापी रूपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड सेगवे ई–१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध हुने भएको छ । आइहव प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे ई–स्कुटरका अन्य मोडलहरू पनि ल्याउने भएको छ ।

उत्कृष्ट सुरक्षाका सुविधाहरूको साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन । सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचोबाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरू छन् – एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।

सिट कुसनको तल्लो भागमा रहेको २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमका वस्तुहरू राख्ने पर्याप्त ठाउँ उपलब्ध गराएको छ । सेगवे ई–१०० को नेपाली मूल्य२ लाख ९१हजार रहेको छ ।