भिभोको भी २३ ई फिचर लोकप्रिय

0
Shares

काठमाडौं (नेस) ।

भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी २३ ई सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपाली बजारमा उक्त स्मार्ट फोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ ।

भिभोले उक्त स्मार्टफोन प्रि–बुकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरू प्रि–बुक गरिएको बताएको छ । उपभोक्ताहरूलाई अद्वितीय अनुभव प्रदान गर्न भिभो भी २३ई एआई एक्स्ट्रिम नाइट पोर्ट्रट तथा मल्टि–स्टाइल पोट्रेटसहितका थुप्रै पोर्ट्रट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस पोर्ट्रट सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेसनसहित आएको छ ।

सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोर्ट्रट तथा मल्टि–स्टाइल पोर्ट्रट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरूका लागि वरदान सावित हुने कम्पनीले दाबी गरेको छ ।