बाभुमाको १५ वर्षअघिको सपना साँचो

0
Shares

लन्डन, (एजेन्सी) ।

केपटाउनको प्रतिष्ठित साउथ अफ्रिकन कलेज स्कुल्सले विद्यार्थीहरूलाई एक प्रोजेक्ट दिएको थियो । यो सन् २००१ को समय थियो । कलेजले विषय दिएको थियो कि आगामी १५ वर्षमा म स्वयंलाई कहाँ देख्नेछु । त्यो विषयबारे ११ वर्षको एक बच्चाको निबन्ध स्कुलद्वारा प्रकाशन हुने गृह पत्रिकामा छापिएको थियो । यो बच्चा वर्तमान दक्षिण अफ्रीकाका कप्तान टेम्बा बाभुमा हुन् ।

त्यतिबेला ६ कक्षामा पढिरहेका बाभुमाले लेखेका थिए—म आगामी १५ वर्षमा स्वयंलाई मिस्टर माबेकी (दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति) सँग हात मिलाएको देखिरहेको छु जसले मलाई दक्षिण अफ्रिकाको बलियो टिम तयार गरेकोमा बधाई दिइरहेका छन् । यदि, मैले यस्तो गर्न पाएमा म निश्चितरूपमा प्रशिक्षकलाई र मातापिता तथा विशेषकर आफ्ना दुई काकाप्रति आभारी हुनेछु । वहाँहरूले मलाई लायक बनाए ।

१५ वर्षपछि सन् २०१६ मा बाभुमा टेस्ट क्रिकेटमा शतक बनाउने पहिलो अश्वेत दक्षिण अफ्रिकी खेलाडी बने । तर, राष्ट्रपति माबेकी पदबाट हटिसकेका थिए । बाभुमाले आफ्नो भविष्यवाणी साँचो बनाउनुका साथै दक्षिण अफ्रिकाको उचाइ पनि बढाए । रंगभेदको नीति समाप्त भएको तीन दशकपछि दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टिमका उनी कप्तान बने । उनी पहिलो अश्वेत कप्तान बनेका हुन् ।

बाभुमाले कप्तानको रुपमा सीमित ओभरमा १६ एकदिवसीय खेल खेलेका छन् । उनले हालै सम्पन्न भारतविरुद्धको टेस्ट सिरिज जित्दा टिमका लागि ठोस योगदान दिए । त्यस्तै भारतविरुद्धको एकदिवसीय सिरिज पनि दक्षिण अफ्रिकालाई दिलाउन उनले महत्वपूर्ण भुमिका खेलेका छन् । गत आइतबार भारतलाई पराजित गरेर दक्षिण अफ्रिकालाई एकदिवसीय सिरिज दिलाएपछि उनले बताए—मलाई लाग्दैन कि टिमको कप्तानी गर्न सहज हुन्छ, यसमा तपाइलाई कयौं चीज प्रबन्धित गर्नु जरुरी हुन्छ । मेरो लागि क्रिकेटमा पूरै ध्यान राख्नु सबैभन्दा ठूलो कुरो हो । यो टिमलाई अझै सुदृढ गर्दै लैजानु छ । यो नै मेरो अहिलेको लक्ष्य हो ।