जोकोभिचले फ्रेन्च ओपन खेल्न सक्ने

0
Shares

पेरिस, (एजेन्सी) ।

फ्रान्स सरकारले कोरोना खोपमा नयाँ नियम लागू गरेसँगै टेनिस स्टार नोभाक जोकोभिचलाई राहत मिलेको छ । सर्बियाली खेलाडीले कोरोनाविरुद्धको खोप नलगाएकै कारण जारी अस्ट्रेलियन ओपन खेल्नबाट वञ्चित भएका थिए । तर, फ्रान्स सरकारको नयाँ नियमपछि जोकोभिचले मे महिनामा पेरिसमा हुने फ्रेन्च ओपनमा सहभागी हुन सक्नेछन् ।

अस्टे«लियाबाट निष्कासित गरेपछि जोकोभिचका लागि वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनमा खेल्न पनि कठिन देखिएको थियो । फ्रान्सका खेल मन्त्री रोक्साना एमले बताए—नयाँ कानुन पास भएपछि खोप पास हरेक सार्वजनिक स्थानमा प्रवेशको लागि अनिवार्य हुनेछ । यो दर्शक, फ्रान्सका नागरिक, विदेशी नागरिकमाथि लागू हुनेछ ।

नयाँ नियमअनुसार पछिल्ला ६ महिनामा कोरोना संक्रमित भएको प्रमाण दिने व्यक्तिले पास देखाउन आवश्यक छैन । जसअनुसार नै जोकोभिचको लागि पेरिसको ढोका खुल्ला भयो । किनभने जोकोभिच गत डिसेम्बरमा कोभिडबाट संक्रमित भएका थिए । फ्रेन्च ओपन शुरु हुदाँ उनको संक्रमित भएको ६ महिना हुनेछ । फ्रान्सेली सरकारले जोकोभिचको बारे भने कुनै निर्णय लिएको छैन ।