रशिला विश्व ब्याडमिन्टनको सातौं स्थानमा

0
Shares

काठमाडौं ।

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकलतर्फ १९ औं स्थानमा रहेकी रशिला बिश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् । विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भए ।

नेपाल ब्याडमिन्टन संघले प्रेश विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडि बढ्न सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

साथै, संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाइलाई छुन सफल भएकोमा खुसी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघ माथी खेलाडीहरूको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरूको स्तरलाई पनि उकास्न थप दबाब परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको छ ।