आईसीसी अवार्डमा पाकिस्तानी क्रिकेटरको वर्चश्व

0
Shares

लन्डन, (एजेन्सी) ।

हरेक वर्ष सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरस्कारसहित सम्मान गर्ने क्रममा सोमबार विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कारमा पाकिस्तानी खेलाडीको वर्चश्व रहेको छ । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजम वर्ष आईसीसी एकदिवसीय क्रिकेटर घोषित भए ।

बाबरले २०२१ म ६ खेलमा दुई शतकको सहयोगमा ४ सय ५ रन बनाए । उनको औसत ६७.५० रहेको छ । उनले दक्षिण अफ्रीकाविरुद्ध एकदिवसीय सिरिजमा कुल २ सय २८ रन बनाएका थिए । उक्त सिरिजको पहिलो एकदिवसीय खेलमा शतकसमेत उनले लगाएका थिए । अन्तिम एकदिवसीय खेलमा उनको ब्याटबाट ९४ रन बनेको थियो । उनलाई आईसीसी अवार्डमा वर्ष २०२१ को एकदिवसीय टिमका कप्तान र टी २० टिमको कप्तानसमेत छनोट गरिएको छ ।

यस्तै, पाकिस्तानकै तीव्रगतिका बलर शाहिन शाह अफरिदी पुरुष क्रिकेटर वर्ष खेलाडीको पुरस्कारबाट सम्मानित भएका छन् । वष– टी–२० क्रिकेटरको पुरस्कार पाकिस्तानकै खेलाडी मोहम्मद रिजवानले पहिलै पाएका थिए । शाहीन अफरिदी कम उमेरमा वर्ष खेलाडी बने । उनले २१ वर्षको उमेरमै यो सम्मान हासिल गरेका छन् । उनले २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेलेकोमा २२.२० औसतका साथ ७८ विकेट हासिल गरेका थिए । उनको ५१ रन खर्चेर ६ विकेट लिनु उत्कृष्ट प्रदर्शनसमेत थियो ।

टेस्ट क्रिकेटतर्फ भने इंग्ल्यान्ड क्रिकेट टिमका कप्तान जोए रुट वर्ष टेस्ट क्रिकेटरबाट सम्मानित भए । उनले २०२१ मा टेस्टमा शानदार प्रदर्शन गरेका थिए । त्यसैले, उनी वर्ष टेस्ट क्रिकेटर बन्न सफल भए । उनले गत वर्ष कुल १५ टेस्ट खेले जसमा उनले ६ शतकसहित १ हजार ७ सय ८ रन बनाएका थिए । उनी एक क्यालेन्डर वर्षमा सबैभन्दा बढी रन बनाउने इंग्ल्यान्डका ब्याटसम्यानसमेत हुन् ।