थाहा गोल्डकप अंगारालाई

0
Shares

हेटौंडा, (नेस) ।

थाहा गोल्डकपको तेस्रो संस्करणको उपाधि अंगारा फुटबल क्लबले जितेको छ । मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी मैदानमा भएको फाइनलमा बारा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै अंगारा विजेता बन्यो । टिमलाई विजेता बनाउन खेलको अन्तिम समयमा सुशान्त कार्कीले निर्णायक गोल गरेका थिए । योसँगै अंगाराले एक लाख र बाराले ५० हजार रुपियाँ पुरस्कार पाए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी अंगाराका जंगे धामी भए । उत्कृष्ट गोलरक्षक अंगाराका किसन गुरुङ, उत्कृष्ट डिफेन्डर अंगाराका विश्वास थापा, उत्कृष्ट मिडफिल्डर बारा–११ का ओम चौधरी, सबभन्दा बढी गोलकर्ता डाँडाबास एफसीका विशाल स्याङ्तान घोषित भए । उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपियाँ प्राप्त गरेका थिए । प्रतियोगितामा २६ टिमको सहभागिता थियो ।