टेलरद्वारा स्पट फिक्सिङको खुलासा

0
Shares

लन्डन, (एजेन्सी) ।

जिम्बावेका पूर्व कप्तान र विकेटकिपर ब्याटसम्यान बे्रन्डन टेलरले स्पट फिक्सिङबारे खुलासा गरेका छन् । टेलरले बताए कि ‘एक भारतीय बुकी र व्यवसायीले उनलाई २०१९ अक्टोबरमा स्पट फिक्सिङको प्रस्ताव राखेका थिए । उनले यो पनि बताए कि त्यही समयमा बुकीसँग भेटघाट हुँदा उनले कोकिन लिएका थिए । पछि उनलाई यसैकारण ब्ल्याकमेल गरेको थियो ।’ टेलरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) उनलाई केही वर्ष प्रतिबन्ध लगाउन सक्ने पनि बताए ।

टेलरले सोसियल मिडियामा एक पोस्ट सेयर गर्दै लेखेका थिए–‘जिम्बावेमा टी–२० लिग शुरु गर्ने योजना बतायो र भारत आउनको लागि पनि १५ हजार डलर दिइयो । जिम्बावे बोर्डले हामीलाई ६ महिनादेखि तलब दिएको थिएन र भविष्यमा पाउने पनि कुनै सम्भावना थिएन । यस्तो अवस्थाले म भारत गएको थिएँ, जहाँ मैले व्यवसायी र उनका साथीहरूसँग डिनरमा सामेल भए ।

टेलरले थप बताए—पहिले मलाई कोकिन दियो र फेरि भिडियो बनायो । जब त्यहाँ ड्रिंक्स चलिरहेको थियो, तब मलाई कोकिन अफर गरिएको थियो । उनीहरू कोकिन लिइरहेका थिए र मैले पनि लिए । अर्को दिन बिहान ती व्यवसायी मेरो कोठामा आए र मेरो भिडियो देखाए । उसले कोकिन लिइरहेको मेरो भिडियो देखाएर धम्की दिए कि म उनको लागि अन्तर्राष्ट्रिय खेलमा स्पट फिक्स गरून्, नत्र भिडियो रिलिज गरिदिने भनेको थियो ।

टेलरले बताए कि यसपछि उनलाई होटलको कोठामा ६ जना व्यक्तिले घरेका थिए । यसपछि १५ हजार डलर दिएर स्पट फिक्सिङ गर्न भने र वाचा गरे कि काम भएपछि २० हजार डलर अरू दिइनेछ । मलाई आफ्नो ज्यान बचाउनुपर्ने थियो, यसैले मैले रकम लिएँ ताकि म घर फर्कन सकुँ । टेलरले आफ्नो पोस्टमा लेखेका थिए कि जब उनी घरमा पुगे तब उनको स्वास्थ्य खराब भएको थियो । उनले लगातार औषधि खानुपरेको थियो । रकम दिने व्यवसायीले लगातार उनीमाथि दबाब राखे कि पैसा दिएको नतिजा दिउँ । करिब चार महिनासम्म यो सबै सहेपछि टेलरले आईसीसीलाई सूचित गरेका थिए । उनले यो पनि बताए कि पैसा लिएर फिक्सिङ कहिल्यै गरेको थिएन । यस विषयमा आईसीसीले अनुसन्धान थालेको पनि जनाएको छ ।