६ महिनामा १० खर्बको आयात

0
Shares

काठमाडौं (नेस) ।

चालु वर्षमा विदेशी वस्तु तथा सामग्री आयातले तीव्रता पाएको छ । चालु आर्थिक वर्षको ६ महिनामै करिब १० खर्बको आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको छ महिनामा गत वर्षको तुलनामा ५१ दशमलव १३ प्रतिशतले आयात बढेको छ । यस्तै, निर्यात १ खर्ब १८ अर्ब पुगेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशतले बढी हो । गतवर्ष ६ महिनामा ६० अर्ब ६९ करोडको मात्रै निर्यात भएको थियो ।

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अबको सञ्चितिले आयात ७ महिना मात्रै धान्ने जनाएको छ । यो सामान्य अवस्थामा १ वर्षभन्दा धेरैलाई पुग्ने विदेशी मुद्रा सञ्चिति हुने गर्दथ्यो ।