हाइब्रिड किया सोरेन्टो एसयूभी नेपाली बजारमा

0
Shares

काठमाडौं (नेस) ।

आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ । कोरियाली अटो कियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–सिट क्षमताको सवारी साधान नेपाली बजारमा ल्याएको छ ।

१ दशमलव ६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४ दशमलव २ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १ दशमलव ४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने क्षमता भएको कम्पनीले जनाएको छ ।

७ वटा एयरब्याग, लेनकिपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर,लेन फलोइङ असिस्ट र अन्य धेरै सुरक्षा सुविधाहरू सहित यसले चारैवटा ह्विललाई जमिनमा राख्न सुनिश्चित गर्छ ।

१२ दशमलव ३ इन्चको अल–डिजिटल इन्स्ट्रमेन्ट क्लस्टरले किया सोरेन्टोमा स्क्रिनलाई धेरै उन्नत बनाउँछ । ब्लाइन्ड भ्यु मनिटर टेक्नोलोजीले उपकरण क्लस्टरमा छेउछाउको लेनको लाइभ भिडियो दृश्य प्रोजेक्ट गर्दछ र टर्न सिग्नलहरू प्रयोग गर्दा सक्रिय हुन्छ । नाप्पालेदरसँग फस्टाएको इन्टेरियरले यसलाई यसको सेग्मेन्टको प्रिमियम इन्टेरियरमध्ये एक बनाउँछ ।

सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपाली बजारमा रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याकपर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।