त्रिविद्धारा अति आवश्यक बाहेक सबै काम घरबाट गर्न निर्देशन


ईश्वरराज ढकाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालले अति आवश्यक बाहेक सबै काम घरबाट गर्न पत्राचार गरेको छ । ओमिक्रोन संक्रमण बढ्दै गएपछि त्रिविले सो सुचना जारी गरेको हो । त्रिविले ९ बुँदे सूचना सार्वजनिक गरी कार्यालय प्रमुखले सकेसम्म घरबाट हुने कामको लागि वर्क फर्म होम गर्न निर्देशन दिएको छ ।

त्रिबिले पर्सि माघ ११ गतेदेखि सबै आंगिक क्याम्पस, अध्ययन संस्थानमा अनलाईन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसैगरी कर्मचारीलाई संक्रमण देखिए ७ दिन र अस्पताल भर्ना भए अस्पतालले तोकेको समयसम्म बिदा बस्न सक्नेगरी सुचना जारी गरेको छ ।त्यस्तै अत्यावश्यक काम बाहेक कसैसंग भेटघाट गर्न निषेध गरीएको छ । यदी भेट्नै परे भर्चुअल रुपमा भेट्न निर्देशन दिएको छ ।

सुचनामा दैनिक कार्य सञ्चालन, पठन पाठन,परीक्षा र बिबिध शिर्षकमा सूचना जारी गर्दै अनलाईन कक्षालाई प्रभावकारी रुपमा सञ्चालन निर्देशन दिएको छ ।अनलाईन कक्षा सञ्चालन गर्न क्यामप प्रमुखले सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा समिति बनाउने । डीन कार्यालयले नियमिति अनुगमन गर्ने सुचना जारी गरेको छ । सूचनामा सबै क्याम्पस र विभागले भोली १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाइसक्नुपर्ने भनिएको छ ।

स्थानीय तहसँग समन्वय गरी भौतिक कक्षा लिन सकिने अवस्था भएमा भौतिक कक्षा लिन सकिने स्पष्ट गरिएको छ ।अनलाइनबाट अध्यापन गर्ने शिक्षकको अनलाइनबाटै उपस्थितिको व्यवस्था मिलाइने भएको छ । यसले गर्दा शिक्षकको पारिश्रमिक भुक्तानीको व्यवस्थामा समस्या नहुने जनाइएको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनका माध्यमबाट गरिनेछ । यसका लागि सबै अध्ययन संस्थान वा संकायले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्नुपर्ने हुन्छ । त्यसैगरी कार्यालय प्रयोजनका सबै काम इमेलबाट गर्न सुचना जारी गरेको छ । त्यस्तै अति आवश्यक परेका कर्मचारीलाई मात्र कार्यालयमा हाजिर गर्ने व्यवस्था मिलाउन समेत सुचना जारी गरेको छ ।

त्रिविले जारी गरेको १० बुँदे निर्देशन