गाई काटेको अभियोगमा २ जना पक्राउ


रोल्पा ।

रोलपामा गाई काटेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल स्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सोही स्थानमा गाई काटी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४र४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।