कैलालीको गोदावरी नगरपालिका एक साता बन्द



न्युज अफ नेपाल, काठमाडौं ।

कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ ।

नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्