सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको सचिवालयले जनाएको छ । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ ।