न्युज अफ नेपाल, काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने चेतावनी दिएको भन्दै उनको पार्टीले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
राउत नेतृत्वको जनमत पार्टीले मन्त्री यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको हो । पार्टीका सभापति गोविन्द खनालले जारी गरेको विज्ञप्तिमा चरम आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेकाे छ ।











प्रतिक्रिया