टीटीका नरेश प्रमोटरमा छनोट

0
Shares

काठमाडौं ।

आईटीटीएफ फाउन्डेसन, जर्मनीले स्ट्याग इन्टरनेसनल प्रशिक्षक नरेश रावललाई ‘विश्व टेबुलटेनिस दिवस २०२२’ का आधिकारिक प्रमोटरको रूपमा छनोट गरेको छ । अन्तर्राष्ट्रिय आईटीटीएफ लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका रावलले अप्रैल महिनामा ‘पिङ पोङ कूटनीतिमा’ आधारित कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रम कोच रावलद्वारा सञ्चालित आर्थिक पृष्ठभूमिका गरिब बालबालिकालाई निःशुल्क टेबुलटेनिस तालिम र टेबुलटेनिस खेलकुदका सामाग्री उपलब्ध गराउने ‘स्ट्याग सरोज टेबुलटेनिस फोर अल क्लब’ मा सञ्चालन गर्न लागिएको हो । .

आईटीटीएफद्वारा विश्वभरबाट २५ जनालाई आधिकारिक प्रमोटरको रूपमा छनोट गरिएको छ । रावलले यसअघि नै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू जस्तै रिमोर्ट ट्रेनिङ, डब्लु टीटी डे २०२१, माई जेन्डर माई स्ट्रेंथ आदि मा सहभागिताको साथै आयोजनासमेत गरिसकेका छन् ।