काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आजदखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् ।

जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका छ ।परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्