चाँदीको घेरामा सजिएकी राराको दृश्य


वीरबहादुर बम ,मुगु । 

बेलाबेलामा हिउँद सिजनमा हुने हिमपातका कारण रारा क्षेत्रमा परेको भारी हिमपातले रारा तालको वरिपरि हिउँ को घेरा  वरिपरि चाँदिको घेरामा झैँ रारा ताल डुबुल्की मारेको जस्तै देखिएको छ ।

रारा क्षेत्रमा एक फिट भन्दा बढी हिउँ जमेको छ । हिमपातमा राराको मज्जा लिन सदरमुकाम गमगढीबाट हिमपात हुँदा हुँदै पनि शुक्रवार  धेरै युवा हिउँ खेल्न रारा पुगेका थिए । शनिवार पनि सदरमुकामबाट दर्जनौँ युवा रारामा पुगेका थिए
। बिचमा राराको निश्चल पानी किनार छेउ र जङ्गल भरी जमेको  हिउँ हेर्दा जो कोहीलाई सेतो कार्पेट बाच्छाई राराकी अप्सरा सुनसान बसेको भान भएको शुक्रवार  रारामा हिउँ खेल्न पुगेका सदरमुकाम गमगढीका असल बमको  समूहले बताए ।

हिउँमा रमाउनेहरूका लागि रारा क्षेत्र यो समय उपयुक्त हो । २९ सय २९  फिट उचाइमा रहेको रारा ताल पुष देखि फागुन सम्म सेताम्मे हुन्छ । जेठदेखि साउनसम्म  विभिन्न जातका फूलहरूले ढकमक्क हुने विभिन्न रूप रगका चराले मधुर संगित दिने गरेको रारा डाँफे होटलका सचालक जगत भामले बताए ।

रारा केही वर्षयता हवाई तथा सडक यातायात सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको भए पनि  वासस्थानका कारण एक पटक आएको पर्यटक पुन आउन नमान्ने गरेको स्थानीयहरू बत्ताउँछन् । चाँदिको घेराले सजिएको रारा साँच्चिकै रारा ताल रारा कि कि अपसरा जस्तै सजिएकी छिन्।