सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा ४ जना घाइते


न्युज नेपाल, सिन्धुपालचोक ।

सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका ६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।