कुलपतिको निर्देशनपछि त्रिविको परीक्षा स्थगित

लोकसेवा र केयूमा पनि रोकियो तर पीयूले रोकेन

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिनुभएको छ। निदर्शे नलगत्तै त्रिभवुन विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठक बसेर आइतबारबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको हो।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले आइतबारबाट हुने परीक्षा स्थगित गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘डीनसँग भएको बैठकपछि परीक्षा स्थगित गरेको हो।’ त्रिवि परीक्षा नियन्त्रण कार्यालयले हिजो बिहीबार जारी गरेको विज्ञप्तिमा ओमिक्रोन संक्रमण व्यापक फैलिएका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा विद्यार्थी, कर्मचारी र प्राध्यापकसमेत संक्रमित भएकाले त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षा अर्को सचूना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

त्रिवि कार्यकारी परिषद्ले सबै संकायको परीक्षा गर्ने र रोक्न सक्ने अधिकार डीन कार्यालयलाई दिएको छ। प्रम कार्यालयले कोभिड संक्रमण उच्च गतिमा फैलिइरहेको अवस्थामा परीक्षा रोक्न निदर्शेन दिएको थियो । सोही निदर्शेनको आधारमा त्रिविले परीक्षा स्थगित गरेको हो । त्रिविले चारवर्षे बीएस्सी तहको परीक्षा सञ्चालन गरिरहेको छ।

तीनवर्षे एलएलबीको परीक्षा माघ १० गते सामे बारदेखि सञ्चालन हुँदैछ । यसअघि काठमाडौं विश्वविद्यालयले सबै परीक्षा स्थगित गरिसकेको छ। काठमाडौं विश्वविद्यालयले व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको जनाएको छ। काठमाडौं विश्वविद्यालय कलेज अफ म्यानेजमेन्टको परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको
जनाएको छ।

केयूका उपकुलपति प्राडा भोला थापाले केही समयका लागि परीक्षा स्थगित गरेको पुष्टि गर्नुभयो। पूर्वाञ्चल विश्वविद्यालयले उच्चसुरक्षा सावधानी अपनाएर परीक्षा सञ्चालन गरिरहेको जनाएको छ। दुई विश्वविद्यालयले उच्च स्वास्थ्य सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्ने जनाएको छ। विद्यार्थीले कोभिड संक्रमण उच्च रहेको अवस्थामा परीक्षा लिन नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालयलाई दबाब दिइरहेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा गर्न नहुने भन्दै विद्यार्थीले दबाब दिइरहको बताउनुभयो। उहाँले भन्नुभयो– ‘परीक्षार्थीले यस्तो अवस्थामा परीक्षा गर्न नहुने भन्दै दबाब दिइरहेका छन्, मन्त्रालयले परीक्षा स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ। परीक्षा लिने कि नलिने भन्ने अधिकार विश्वविद्यालयलाई भएको अवस्थामा मन्त्रालयले तत्काल निर्णय गर्नुपर्ने अवस्था छैन।’

परीक्षा स्थगित गर्न दबाब आएपछि प्रधानमन्त्री एवं कुलपति देउवाले त्रिविमा जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षाकोठामा स्यानिटाइजर यथेस्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिनुभएको थियो।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका काठमाडौं स्कुल अफ लमा पाँच वर्षे बीएएलएलबीका परीक्षार्थीहरू संक्रमितसँगै राखिएको भन्दै बुधबार तनाव सिर्जना गरेका थिए। अहिले द्यार्थीहरू संक्रमणको उच्च जोखिम भएकाले परीक्षा स्थगित गर्न माग गरेका छन्। सो विश्वविद्यालयले तत्काल परीक्षा स्थगित गर्ने योजना नभएको जनाएको छ।

यसैबीच लोकसेवा आयोगले लिने लिखित परीक्षाहरू माघ मासान्तसम्मको स्थगित गरेको छ। आयोगको हिजो बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो। आयोगले माघ ११ गते मंगलबारदेखि उपसचिवको लिखित परीक्षा लिने मिति तय गरेको थियो। आयोगले संगठित संस्थाको परीक्षासमेत स्थगित गरेको जनाएको छ। देशभर संक्रमितको संख्या ह्वात्तै बढेको र
आयोगका कर्मचारीलाई कोरोना संक्रमण देखिएको कारण परीक्षा स्थगित गरेको जनाएको छ।

आधा दर्जन कार्यालय बन्द
त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आधा दर्जन कार्यालय बन्द भएका छन्। स्रोतका अनुसार संक्रमण देखिएपछि कार्यकारी परिषद्को कार्यालय बन्द गरिएको छ। त्यसै गरी योजना तथा अनुगमन महाशाखाका कर्मचारीलाई कोरोना देखिएपछि सो कार्यालय बन्द गरिएको छ। त्यस्तै, निरीक्षण शाखामा पनि ताला लगाइएको छ।

कृषि तथा वन विश्वविद्यालय डीन कार्यालय र शिक्षाशास्त्र संकाय डीनको कार्यालय पनि बन्द छ। यसअघि कर्मचारी महाशाखामा तीन दिनअघि एक कर्मचारीलाई संक्रमण भएपछि बन्द गरिएको थियो। हिजो बिहीबारबाट खोलिएको एक कर्मचारीले जानकारी दिएका छन्।

त्रिविका अधिकांश महाशाखा, विभाग र शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको छ। रुघाखोकी लागेपछि रजिस्ट्रार प्राडा पेशल दाहाल होम आइसोलेसनमा हुनुहन्छ।