आजको मौसम : धेरै ठाउँमा आंशिक बदली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । प्रदेश नं १ र मधेस प्रदेश लगायत पहाडी भु-भागहरुमा आंशिक बदली को अवस्था रहेको महाशाखाले जनाएको छ । त्यस्तै तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जनाइएको छ ।

आज दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

बिहीबार देशभर आंशिक देखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ ।