दैनिक २० हजार संक्रमित थपिने चेतावनी

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

0
Shares

काठमाडौं ।

कोरोना संक्रमणको जोखिमले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदबारसँगै अन्य सार्वजनिक निकायको सेवा प्रवाह पनि प्रभावित बन्दै गएको छ । मंगलबार नेपालमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको पाइएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशको मुख्य प्रशासनिक केन्द्रभित्रको प्रवेशमा गृह मन्त्रालयले कडाइ गरेको छ । सिंहदबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयबाट जारी अस्थायी परिचयपत्र खारेज गरिसकेको छ । यसले गर्दा सिंहदबार सुनसान देखिएको छ । कर्मचारी पनि कोरोना संक्रमित हुन थालेपछि त्यहाँबाट दिँदै आएको सेवा पनि प्रभावित बनेको छ ।

सर्वोच्च अदालतले पनि बुधबारदेखि लागू हुने गरी सेवा कटौती गर्ने निर्णय गरिसकेको छ । कार्यालयमा कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि उपत्यकाका स्थानीय तह र त्यसअन्तर्गतका वडा कार्यालयको सेवा प्रवाह पनि प्रभावित बनेको छ ।बढी मानिस भीडभाड हुने मालपोत कार्यालय, नापी कार्यालय, कर कार्यालयमा सेवा प्रवाह व्यवस्थित गर्ने वा अत्यावश्यक सेवामात्र प्रवाह हुने गरी व्यवस्थित गर्नुपर्ने विषयमा छलफल शुरु भएको छ ।

सेवा प्रवाहका विषय छलफलकै क्रममा रहेको ललितपुरका प्रम्ुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । ‘संक्रमणको संख्या बढ्दै गएको छ । सेवा प्रवाहको विषयमा पनि हामी छलफलकै क्रममा छौं’, उहा“ भन्नुहुन्छ– ‘संक्रमण यसरी नै बढ्ने हो भने थप केही निर्णय लिनुपर्ने हुन्छ ।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ ।

माघको दोस्रो साता दैनिक १९ हजार ६ सय ९५ पुग्न सक्ने मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जसमा झन्डै १० हजार बिरामी अस्पताल भर्ना हुन सक्ने भनिएको छ । यस्तै, अस्पताल भर्ना भएका बिरामीमध्ये ३ सय ९४ जनाको अवस्था गम्भीर हुन सक्ने बताइएको छ ।

यसैबीच काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागू हुने गरी नया“ आदेश जारी गरेका छन् । कोरोना भाइरसको नया“ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरुलाई समेटिएर सो आदेश जारी गरेको थियो ।आदेशअनुसार मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ । सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एकपटकमा २५ जनाभन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यक रूपमा नछुने, दुई व्यक्ति बीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्नेलगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ ।

पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, व्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ । सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ । मास्क नलगाउने व्यक्तिलाई यातायातभित्र प्रवेश नदिन भनिएको छ । लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइने गरी आदेश जारी गरिएको छ । सम्भव भए एन्टिजेन परीक्षणसमेत गराउन भनिएको छ ।