लुम्बिनीका २९ वटा विषयमा शोध गर्न १० जना विद्यार्थीलाई जनही एक लाख 

0
Shares

बुटवल ।

लुम्बिनी प्रदेश योजना आयोगले २९ वटा विषयमा शोध गर्न १० जना विद्यार्थीलाई जनही एक लाख रुपैयाँको शोध वृत्ति प्रदान गरेको छ । प्रदेशभित्रका आर्थिक, सामाजिक लगायत २९ वटा विषयमा शोध गर्न मिल्ने गरी आयोगले प्रस्ताव आह्वान गरे अनुसार छनोट भएका उत्कृष्ट १० जनालाई शोध वृत्ति प्रदान गरेको  आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बताउनु भयो।

गत वर्षदेखि प्रदान गर्न थालेको शोध वृत्ति यस वर्ष  स्वास्थ्य शिक्षा, कृषि तथा पशु विज्ञान, आर्थिक, सामाजिक,  अर्थतन्त्र , बौद्ध शिक्षा विषयमा बढी केन्द्रित गरेको छ । आयोगले अमृत साइन्स क्याम्पसका नमुना पौडेल, अजयकुमार बजगाईं र निरा चण्डी, त्रिभुवन विश्वविद्यालय एक्वा कल्चर विभागका गणेश बेल्बासे, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका मनोज वस्नेत र सन्दिप अर्यालाई प्रदान गरेको छ ।

त्यस्तै, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानकी बाला शर्मा, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रशन्न घिमिरे, नेपाल खुला विश्व विद्यालयका खिमानन्द भण्डारी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुनिता खरेलले शोध वृत्ति प्राप्त गरेका छन् ।

आयोगले आह्वान गरेको प्रस्ताव अनुसार विभिन्न विश्वविद्यालयका ३१ वटा प्रस्तावमा प्रतिस्पर्धा भएको थियो । आयोगमा आएका शोध प्रस्तावको मूल्याङ्कन गर्न ५ सदस्यीय विज्ञ समूह गठन भएको र उत्कृष्ट १० जनालाई छनोट गरिएको प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले बताउनु भयो । योजना आयोगको यो कार्यक्रमले विश्वविद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहन हुनुका साथै प्रदेशका सम्भावनाको खोजी, योजना, कार्यक्रम र बजेट निर्माणमा टेवा पुग्ने आयोगले अपेक्षा गरेको छ ।