यसकारण रोज्नुहोस् ल्याप्रोस्कोपीक सर्जरीका लागि एभरेष्टमा अस्पताल


काठमाडौं ।

पेटमा स–साना घाउ बनाइ दूरविनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपीक भनिन्छ । अहिले पछिल्लो समय हेर्ने हो भने ल्याप्रेस्कोपीक विधी बिरामीको पहिलो रोजाईमा परेको छ । शल्यक्रिया गर्नुपर्ने ८५-९५ प्रतिशत बिरामीले यो विधी नै धेरै रोज्ने गरेको एभरेष्ट अस्पतालका संचालक दिपक चन्द्र बरालले बताउनुभयो ।

दुर्विनबाट शल्यक्रिया गरिने भएकोले छिटो छरितो र त्यति धेरै महँगो पनि नहुने भएकोले ल्याप्रोस्कोपी विधि सबैको रोजाईको परेको एभरेष्ट अस्पतालका स्त्री रोग तथा निशन्तान रोग विशेषज्ञ डा राजन शाह बताउनुहुन्छ । शल्यक्रिया गर्दा बिरामीलाई दुखाईको महशुस एकदमै कम हुने, विरामीको शरिरबाट रगत एकदमै कम खेर जाने, घाउ स सानो हुने भएकाले चाडै निको हुने र घाउ पाक्ने सम्भावना धेरै नै कम हुने, सल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिड्डुल गर्न सक्ने, अस्पतालको बसाई एकदमै कम छोटो हुने र चाँडै डिस्चार्ज हुने भएकाले ९५ प्रतिशत बिरामीको रोजाईमा ल्याप्रोस्कोपी विधि पर्ने गरेको डा शाहले बताउनुभयो ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा डा  राजन शाह र उहाँको नेतृत्वको टोलीले माहिला रोग सम्बन्धी सम्पूर्ण शल्यक्रियाहरु दुर्विन मार्फत हिस्टेरेस्कोपीक र ल्याप्रोस्कोपीक विधीबाट गदै आउनु भएको छ । गएको भाद्र महिनादेखि ल्याप्रोसकपी सर्जरीबाट यहाँ शल्याक्रिया गदै आइएको छ । सुरुवाती चरणमा हप्तामा २ देखि ३ वटा मात्र यो विधीबाट शल्यक्रिया हुने गरेको अस्पतालको भनाइ छ । र पछिल्लो समय यो विधीबाट शल्यक्रिया गर्ने बिरामी बढेसँगै अहिले हप्तामा २० देखि २५ भन्दा बढीले ल्याप्रोस्कोपीक विधीबाट शल्यक्रिया हुने गरेको छ ।

अस्पतालले दिएको तथ्याङ्क अनुसार गएको पध्र दिनमा मात्र ४० भन्दा बढीले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गराउनु भएको थियो । अस्पतलामा डा राजन शाह र उहाँको नेतृत्वको पाचँ चिकित्सकको टोलीले ल्याप्रोस्कोपीक विधीबाट शल्यक्रिया गदैं आएको डा शाहले जानकारी दिनुभयो । एभरेष्ट अस्पताल प्रालीका संचालक दिपक चन्द्र बरालले नेपाली नागरिकले आफ्नै देशमा ल्याप्रोस्कोपी प्रविधिमार्फत सर्जरी गर्न सकुन भन्ने उदेश्यले विश्वस्तरीय ल्याप्रोस्कोपीक तथा हिस्टोस्कोपीक ससमाग्रीहरु यहाँ ल्याइएको बताउनुभयो ।

‘यो प्रविधि ल्याउनुको मुख्य उदेश्य भनेको कोही नेपाली नागरिक यहि सर्जरी गर्नका लागि अन्य मुलुक जानु नपरोस र चर्को मुल्य तिरेर उपचार गर्न नपरोस भन्ने हो’ उहाँले भन्नुभयो, ‘देशमै यस्तो प्रविधिको प्रयोग गरेर उपचार गर्न पाउन आर्थिक अवस्था कमजोर भएका मानिसले पनि यस्को लाभ लिन सकुन भनेरै यो प्रविधीको सुरुवाती गरिएको संचालक बराले बताउनु भयो । सञ्चालक बरालका अनुसार एभरेष्ट अस्पतालमा पूर्वदेखि पश्चिमका जिल्लाहरुबाट आएर ल्याप्रोस्कोपी सर्जरी गराउँछन् । पूर्वका उदयपुर, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङदेखि लिएर पश्चिमका बैतडि, डडेल्धुरा, डोटि, कर्णाली हुदै नेपालको अधिकाशं जिल्लाबाट बिरामीहरु आएर उपचार गराइ रहेका छन् ।

अधिकांश नारीहरुमा आफ्नो समस्या भएता पनि उपचार गर्ने प्रविधि बारेमा अनभिज्ञता नै छन । यस्तो प्रविधिको जानकार नभएकै कारण कयौं नारिहरुले चिरफार विधीबाटै शल्यक्रिया गराईरहेका हुन्छन । यो प्रविधिबाट शल्यक्रिया गराउदाँ कति सुरक्षित छ ? भन्ने कतिपयको प्रश्नको विषय पनि रहेको छ ।यस प्रश्न माथि एभरेष्ट अस्पतालका डा राजन शाहको भनाइ यस्तो रहन्छ पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दो माध्यमको रुपमा छ । शल्यक्रिया गर्नुपर्ने अङ्गमाथि प्वाल बनाएर क्यामरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ ।

डा शाहकाअनुसार शल्यक्रिया गर्ने अङ्गमाथि एक सेन्टिमिटर प्वाल बनाई क्यामेरा राखिन्छ । पेटभित्र भएका अङ्गमा शल्यक्रिया गर्दा त्यहाँ राखिएको क्यामेरा सबैतिर घुमाएर अङ्गको अवस्था हेरिन्छ । अप्रेसन गर्ने अङ्गको माथि आधा सेन्टिमिटरका दुईवटा प्वाल पारी मेसिन छिराएर औजारको प्रयोगले शल्यक्रिया गर्ने गरिन्छ । उच्च गुणस्तरको क्यामेराको सहायताबाट आखाँले देखिनेभन्दा ठुलो र स्प्रस्ट दृश्य मोनिटरमा हेरेर शल्यक्रिया गरिने भएको कारण यो प्रविधि सहज र विश्वसनीय रहेको बताउनु हुन्छ ।

ल्याप्रोस्कोपीको माध्यमबाट पछिल्लो समय नेपालमा धेरै किसिमका रोगको उपचार गरिन्छ । डा  शाहकाअनुसार अनुसार ल्याप्रोस्कोपिक विधिबाट अस्पतालले स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।