नेपालमा थप १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । आज एक जना संक्रमितको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएका छन्।अहिले देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।