आजबाट काठमाडौंका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणदर दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणको लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यो रोक माघ मसान्तसम्म लागू गरिएको छ ।