सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना


न्युज अफ नेपाल, सिमकोट ।

कोभिड-१९को संक्रमण रोकथामका लागि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । साथै, अन्य जिल्लासँग जोडिएका सीमा नाकामा कडाइ गरिएको छ ।

सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमामा हेल्थडेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार बाजुरासँग जोडिएको कवाडी र मुगुसँगको जाच्चयामामा हेल्थडेस्क स्थापना हुनेछ ।सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुको विवरण संकलनको काम भइरेको छ । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।