प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको हो ।

उनले पीसीआर परीक्षण गर्दा आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।