वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्तारूढ दल सहमत

0
Shares

काठमाडौं ।

सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन बारेमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् ।

बालुवाटारमा आज बिहान बसेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको बताए । यस बारेमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने भएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो ।