आजबाट ललितपुरमा बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप (तालिकासहित)


न्युज अफ नेपाल , ललितपुर ।

ललितपुरमा आजबाट कोभिड १९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो । त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

खोप केन्द्र

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल