सामसुङले ल्यायो ग्यालेक्सी एस २१ एफई ५ जी

0
Shares

काठमाडौं, (नेस) ।

मोबाइल उत्पादक कम्पनी सामसुङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस२१ एफइ ५ जी सार्वजनिक गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुण भएको ग्यालेक्सी एस २१ एफई ५ जी नयाँ नाभिराम डिजाइन, शक्तिशाली कार्य क्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इको सिस्टम सम्पर्क क्षमताका साथ उपलब्ध भएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस २० एफई प्रति दर्शाइएको अभूतपूर्व प्रेमलाई मध्यनजर गर्दै कम्पनीले ग्यालेक्सी एस २१ एफई ५जीका साथ त्यही विरासतलाई अघि बढाएका छौं, जुन महानतम अनुभव प्रदान गर्नका लागि तयार पारिएको कम्पनीले दाबी गरेको छ । सर्वोत्तम श्रेणीको त्रि–क्यामरा, ६दशमलव ४ इन्चको एफएचडीका साथै अद्वितीय एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस दर एवं शक्तिशाली प्रोसेसर युक्त ग्यालेक्सी एस २१ एफई ५जीले युवा ग्राहकका लागि हरेक दिन अभूतपूर्व बनाउने सामसङ मोबाइल नेपालका बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले बताउनुभयो ।

उच्चश्रेणीको क्यामरा
ग्यालेक्सी एस २१ एफई ५जी मा सर्वोत्तम श्रेणीको तीनवटा क्यामरा जडान गरिएको छ । जसले प्रयोगकर्ताकोे सामाजिक सञ्जाललाई प्रभावकारी बनाउने दाबी कम्पनीको छ । यसको मूल्य ८९ हजार ९ सय ९९ रहेको छ ।