नेपाल इन्जिनियरिङ कलेज विवाद लम्बोदर न्यौपानेले जताततै ‘सेटिङ’ गरे: कलेज प्रशासन


ईश्वरराज ढकाल, काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेजका पदाधिकारीले पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपाउने अदालतदेखि राजनीतिक दलका नेतासम्मलाई सेसटङ गरेको आरो लगाएका छन् । उनीहरूले न्यौपानेले  गरेका घोटालामाथिको छानबिन र अनुसन्धानलाई चाँडो निचोडमा पुर्‍याइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 ‘अदालत गयो, अदालतमै दलका नेतासँग कुराकानी गर्न गयो त्यही नै । कलेजमा करोडौ रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाएका न्यौपानेले अझै पनि  सेटिङमा काम गरिरहेका छन्’कलेजका प्रिन्सिपल प्रा डा हरिकृष्ण श्रेष्ठको आरोप थियो । पछिल्लो समय सम्पत्ति सुद्धी करणले ३० महिना लगाएर गरेको अनुसन्धानमा समेत मुद्दा चलाउन नदिन र सबै प्रतिवेदन तामेलीमा राख्न न्यौपानेले चलखेल गरेको पाइएको छ ।

यहाँसम्मकी महान्यायाधिवक्ता कार्यालयले सो फाइल उल्टै थन्क्याएको छ(कलेजका प्रिन्सिपल प्रा डा श्रेष्ठको भनाई थियो । करिब २ हजार ३ सय विद्यार्थी र २ सय शिक्षक कर्मचारीको भविष्यसँग जोडिएको कलेजलाई जोगाइदिन हारगुहार गरिरहेको कलेज प्रशासनले न्यौपानेले उच्च राजनीतिक चलखेल गरी सबैलाई गुहराममा राखेको आरोप लगाएका छन् ।कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुरका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले राजनीतिक पहुँच र आर्थिक प्रलोभनका नाममा अहिले पनि अनेक षड्यन्त्र र चलखेलमा लागेकाले आफूहरूलाई स्वतन्त्रतापूर्वक कलेज चलाउने वातावरण सिर्जना गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो-यो सार्वजनिक सम्पत्ति हो यसलाई रक्षा गर्न हामी सबै लागेका छौ । चार वर्षअघि लेखिको लफडाको कारण कलेजमा गम्भीर समस्या परेको उहाँको भनाई छ । लम्बोदर न्यौपानेले कलेजलाई पुनर् रूपमा ध्वत पार्न खोजेपछि अख्तियारमा उजुरी परेको थियो ।
उजुरी छानबिनको क्रममा आयुक्त राजनारायण पाठकले केस मिलाउन घुस मागेको र लम्बोदर न्यौपानेले घुस दिएको घटना बाहिरिएपछि आयुक्त पाठकले राजीनामा दिएका थिए । सो घटनापछि न्यौपानेलाई पक्राउ गरी छनाबिन सुरु गरिएको थियो । त्यसपछि पक्राउ परेका न्यौपानेले  ७८ लाख रुपियाँ धरौटीमा छुटेका थिए । अकिले फेरी आर्थिक चलखेल सुरु गरेको न्यौपानेले  कलेज सञ्चालकलाई धम्क्याउने गरेको आरोप छ ।

पटक पटक उच्च राजनीतिक नेता, प्रशासक र सिआइबी सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेमाथि लागेका गम्भीर आरोप  छानबीन गर्न आग्रह गर्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेपछि कलेज सञ्चालक समितिले पत्रकार सम्मेलन गरी न्यौपाने लगायतका सञ्चालक लाई कारबाही गर्न माग गरेका हुन ।न्यौपाने सो सामुदायिक कलेजलाई निजी कम्पनीमा रूपान्तरण गरी मनोमानी पूर्वक करिब  ५२ करोड घोटाला गरेको जनाइएको छ । कूल १ सय ७४ रोपनी सार्वजनिक जग्गामा २७ वर्ष अघि स्थापित सो कलेजमा लम्बोदरले एकलौटी निर्णय गरी आर्थिक दुरुपयोग गरेको आरोप छ ।

कलेज सञ्चालक समितिको बैठकमा न्यौपानेले विद्यार्थीसँग उठाउन बाकी शुल्क उठाउने जिम्मा लिएको र सो बापत १५ प्रतिशत रकम खर्च गर्ने अधिकार लिएको , कलेजका अध्यक्ष र सञ्चालक समितिको तलब भत्ता कलेजको खाताबाट नगरी  कार्यकारी अध्यक्ष न्यौपाने सहित ३ जना सञ्चालकको अनिवार्य रूपमा संयुक्त खाता खोली करोडौँ रुपियाँ अपचलन गरेको,

कार्यकारी अध्यक्ष न्यौपानेको सम्पूर्ण परिवार अष्ट्रेलियामा भएका हुँदा उहाँलाई वर्षमा ३ पटक अस्ट्रेलिया आउने र जाने टिकट सुविधा दिने र उहाँको श्रमितिलाई वर्षमा दुई पटक नेपाल आउने जाने टिकट सुविधा दिने सम्मको निर्णय गरिएको छ ।

 

करोडौँ रुपियाँ भ्रष्टाचार गर्ने तत्कालीन कार्यकारी अध्यक्ष न्यौपानेलाई तत्काल कारबाहीको माग गर्दै प्रिन्सिपल श्रेष्ठले भन्नुभयो(हामी सोचो न्याय माग्दै सबैतिर धाएका थियौ, त्यहाँबाट सुनुवाइ हुने आशा कम देखेपछि पत्रकार सम्मेलन आयोजना गरेका हौ । ‘हामीसँग कार्यकारी अध्यक्ष न्यौपानेले गल्ती गरेका सयौँ प्रमाण छन्, तैपनि उचित सुनुवाइ हुन सकेको छैन उहाँको भनाई थियो ।  सोही प्रकरणमा सम्पत्ति शुद्धीकरण, केन्द्रीय अनुसन्धान ब्युरो, भक्तपुर जिल्ला प्रशासन कार्यालयलगायत निकायमा पनि छानबिन भए पनि किनारा लाग्न ढिलाइ हुनुले आफूहरूलाई आशङ्का उब्जिएको प्रिन्सिपल श्रेष्ठको भनाई छ ।

 तत्कालीन कार्यकारी अध्यक्ष न्यौपानेले कलेजलाई प्राविमा दर्ता गर्न समेत सफल भएका थिए । विद्यार्थी र स्थानीयको आन्दोलनपछि कम्पनी रजिस्ट्रार कार्यालयले सो निर्णय फिर्ता गरेको थियो ।  उहाँकै कार्यकालमा सञ्चालक समितिका अध्यक्षलाई ५ र सञ्चालकलाई १ लाख २५ हजार रुपियाँ पाउने व्यवस्था गरेका थिए ।  त्रिविको सम्बन्धनमा सञ्चालित कलेजाई पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरेका थिए । उनले मध्यपश्चिम विश्वविद्यालयमा समेत सम्बन्धन प्रक्रिया अघि बढाएका थिए ।

न्यौपानेको समूहले कलेजमा करोडौँ रुपियाँ अपचलन गरेपछि चाँगुनारायण नगरपालिका शिक्षा समितिको बैठकले नगरपालिकाले जिम्मा लिने निर्णय गरेको थियो । मेयर मिश्रले  न्यौपानेको कारण कलेजलाई करोडौँ रुपियाँ नोक्सान भएको बताउँदै  उक्त रकम उहाँबाटै शसुल उपर गरी हदैसम्म कारबाही गर्नुपर्ने दाबी गर्नुभयो । कलेज प्रशासनले ३७ बुँदे तथ्य सार्वजनिक गरी न्यौपानेलाई कारबाही प्रक्रिया अघि बढाउन अपिल गरेका छन् ।